आज देशभर मौसम सामान्य रहने

न्युजलय २५ कार्तिक २०७८, बिहिबार ०८:४५ मा प्रकाशित

काठमाडौँ । देशभर आज बिहान पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।


देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


यो क्रम दिउँसोसम्मै जारी रहने महाशाखाको पूर्वानुमान छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर छैन ।


वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।