भारतले कनिका निर्यातमा लगायो प्रतिबन्ध, वियरको मूल्य बढ्ने

न्युजलय २४ भदौ २०७९, शुक्रबार ०७:१५ मा प्रकाशित

काठमाण्डौ । भारतले कनिका निर्यातमा प्रतिवन्ध लगाएको छ । 

हिजोदेखि लागू हुने गरी भारत सरकारले गरेको कनिका निर्यात प्रतिबन्धको निर्णय शुक्रबार(आज) देखि कार्यान्वयनमा आएको छ ।

कनिका निर्यात प्रतिवन्ध गर्न भारत सरकारको निर्णयले नेपालका वियर उद्योग प्रभावित हुने भएका छन् । वियर उद्योगको कच्चा पदार्थको रुपमा प्रयोग हुने कनिका निर्यातमा भारतले प्रतिवन्ध लगाउने भएपछि त्यसको असर नेपालमा देखिने बताइएको छ । 

यस्तै, भारतले चामल निर्यातमा पनि कडाइ गरेको छ । अहिलेसम्म करिब १५० देशमा चामल निर्यात गर्दै आएको भारतले बासमती बाहेकका चामल निर्यातमा लाग्ने कर २० प्रतिशतले बढाएको छ । नेपालमा पनि भारतबाट ठूलो परिमाणमा चामल आयात हुने गर्छ ।

भारतले चामल निर्यातमा कर बढाएको र कनिका निर्यातमा प्रतिवन्ध गरेका कारण नेपाली वियर उत्पादक कम्पनीको लागत बढ्ने देखिएको छ । कम्पनीको उत्पादन लागत बढेपछि वियरको मूल्य पनि बढ्छ ।