जितेपछि सपथ लिन जनआन्दोलनका घाइतेको घरमा पुगे विश्वप्रकाश

न्युजलय ३ पुस २०७८, शनिवार ०१:०७ मा प्रकाशित

काठमाडौ । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई छोएर सपथ लिएका छन् । 

बनेपामा कायस्थको घरमा पुगेर उनले मुकेश आफू जस्ता राजनीतिकर्मीलाई जिम्मेवारी बुझ्न र बाटो नबिराउन झकझक्याउने अनुहार भएको बताए । उनले मुकेशलाई छोएर आफूले महामन्त्रीको सपथ लिएको बताए।

कांग्रेसका कसैले पनि द्वन्द्वमा प्रताडना भोगेकालाई बिर्सन नमिल्ने बताए । उनीहरु जस्तैका कारण देशमा गणतन्त्र आएको बताउँदै उनले आफूले छोएर सपथ लिने र द्वन्द्वको अवस्था देशमा कहिल्यै नआउने गरि राजनीतिमा सुधार गर्न आवश्यक रहेको बताए । जनआन्दोलनको क्रममा विसं २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि घाइते भएको मुकेश अझैसम्म पनि अचेत अवस्थामा छन्।