सुनको मूल्य घट्यो

न्युजलय १५ मङ्सिर २०८०, शुक्रबार १२:२५ मा प्रकाशित

काठमाडौं । शुक्रबार(आज) सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ३०० रुपैयाँले घटेको छ ।

छापावाल सुन तोलामा एक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ५४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।