सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड

न्युजलय ७ कार्तिक २०८१, बुधबार ११:२१ मा प्रकाशित

काठमाडौँ । सुनको मूल्य बुधबार पनि बढेर हालसम्मकै उच्च कायम भएको छ। 

बुधबार सुनको मूल्य तोलामा ८ सय रूपैयाँले वृद्धि हुँदै प्रतितोला १ लाख ६६ हजार ७ सय रूपैयाँ पुगेको छ। हिजो सुन तोलामा १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै,आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ । आज चाँदी २ हजार १ सय ३५ रुपैयाँ कारोबार भइरहेको छ। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो।