काठमाडौं । बागमती सभ्यता एकीकृत विकास समिति कर्मचारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
धनकुटा पख्रिबास घर भएर हाल गोकर्णेश्वर नगरपालिका बस्ने ४८ वर्षीय सुवास घिसिङ (सुन मुन्द्रे) लाई नियन्त्रणमा लिएको हो।
घिसिङ सोमबार दिउँसो गोकर्णेश्वर नगरपालिका –६ स्थित बागमती सभ्यता एकीकृत विकास समिति गुह्येश्वरी फाँटका कर्मचारी बलराम श्रेष्ठलाई कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ।
घिसिङ विरुद्ध काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।