काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३,२६२ जनामा गरिएको नमूना परीक्षणमा ६६ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १३७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यस अवधिमा कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । अहिले देशभर १४०५ जना सक्रिय संक्रमित रहेका छन् ।