काठमाडौं । इराकको राजधानी बगदादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण भएको छ । ६ वटा रकेटबाट भएको आक्रमणमा २ व्यवसायिक विमान क्षतिग्रस्त भएका छन् । कसैको ज्यान भने नगएको बताइएको छ ।
इराकमा इरान समर्थक शिया गुटहरुले इरानी जनरल कासिम सुलेमानीको हत्याको बदला लिने कसम खाएका छन् । उनीहरुले देशबाट अमेरिकी सैनिक पूर्ण रुपमा बाहिर निस्किएपछि मात्रै आक्रमण समाप्त गर्ने शर्त राखेका छन् ।
अमेरिका नेतृत्वको गठबन्धनले गत महिना इस्लामिक स्टेट समूहविरुद्ध चलिरहेको लडाइँमा इराकी बलको समर्थन गर्ने आफ्नो लडाकु मिशनलाई औपचारिक रुपमा अन्त्य गरेको छ । यस्तोमा इराकी बलको समर्थन जारी राख्नको लागि गठबन्धनको मिशन एक सल्लाहकार मिशनमा परिणत हुनेछ र करिब २५ सय सैनिक त्यहाँ रहनेछन् ।