काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नयाँ घरमा सर्दैछन् ।
भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सर्न लागेका हुन् । यसअघि उनी शिवनगरमा भाडामा घर लिएर बस्दै आएका थिए ।
प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका छन्। प्रचण्ड अस्वस्थ रहेकी पत्नी सीतालाई केही दिन चितवनमै राख्ने योजनासाथ चितवन पुगेका हुन्।
त्यस्तै उनी हिजो चलचित्र प्रेमगीत ३ हेर्न हलमा पुगेका थिए ।