कक्षा ११ को परीक्षाको नतिजा सार्वजनिक

न्युजलय २३ पुस २०७८, शुक्रबार ०३:०१ मा प्रकाशित

काठमाडौं । कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। 

 

गत असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नतिजा बिहीबार प्रकाशन गरिएको हो। 


राष्ट्रिय परीक्षा बोर्डका अनुसार ग्रेड वृद्धि तथा आशिक परीक्षामा सम्मिलित २४ हजार ७२४ (ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८) जना परीक्षार्थीमध्ये २ हजार २९९ जना विद्यार्थी उत्तीर्ण भएका छन्। अर्थात् ७९.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन्। 


परीक्षाको नतिजा www.neb.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ।