एमाले डडेलधुरा अध्यक्ष तारा जोशी एकीकृत समाजवादीमा प्रवेश

न्युजलय २४ कार्तिक २०७८, बुधबार ०२:५० मा प्रकाशित

काठमाडौँ  । नेकपा एमाले डडेलधुराका अध्यक्ष तारा जोशीसहित जिल्ला कमिटीका बहुसंख्यक नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । 

जोशीलाई डडेलधुरामा आयोजिक कार्यक्रममा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्दैछन् । दस बुँदे सहमतिपछि एमालेकै रहेका अध्यक्ष जोशीसहित ४१ सदस्य नेकपा एसमा प्रवेश गर्न लागेका हुन् । 

पार्टीको केन्द्र र प्रदेश नेतृत्वले गत पुस ५ गते गठन गरेको जिल्ला नेतृत्वलाई प्राथमिकतामा राखेपछि जोशीसहित नेताहरु असन्तुष्ट रहेका थिए ।

१० बुँदे सहमति कार्यान्वयन गरेको भन्दै जोशीसहित डडेलधुराका नेताहरुले गत असोजमा गोदावरीमा भएको विधान महाधिवेशनमा बहिस्कार गरेका थिए । डडेलधुरा जिल्लामा नेकपा माओवादी र एमालेभित्र एकीकरणअघि देखि नै बिबाद रहँदै आएको थियो ।