कोसी प्रदेशका मुख्यमन्त्रीविरुद्व परेको रिटमा आज सुनुवाइ

न्युजलय १७ भदौ २०८०, आइतबार ०७:२५ मा प्रकाशित

इटहरी  । कोसी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ ।

गत आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भएसँगै पुनः आज सुनुवाइ हुने भएको हो ।

मुख्यमन्त्री थापाले संविधान विपरीत विश्वासको मत लिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीलेसमेत मत दिएका थिए ।