काठमाण्डौ । भारतमा कोरोना संक्रमण दर घट्दै गएपनि मृत्यु हुनेको संख्या भने दिनप्रतिदिन बढिरहेको छ।
मंगलबार मात्रै कोरोनाबाट ११ सय ९२ जनाको मृत्यु भएको छ। सोमबार कोरोनाबाट ९५९ जनाले ज्यान गुमाएका थिए। यस्तै, आइतबार ८९३ जनाको मृत्यु भएको थियो।
यस्तै ,पछिल्लो २४ घन्टामा २ लाखभन्दा कम मानिसमा संक्रमण देखिएको छ। आज १ लाख ६७ हजार जनामा संक्रमण देखिएको हो।
केरलमा कोरोनाबाट सबैभन्दा बढी ७२९ जनाले ज्यान गुमाएका छन्।