स्वास्थ्य समस्या देखिएपछि बसन्त नेम्वाङलाई ताप्लेजुङबाट काठमाडौं ल्याउने तयारी

न्युजलय १७ माघ २०८०, बुधबार ०८:५६ मा प्रकाशित

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता बसन्त नेम्वाङको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

ताप्लेजुङ एमाले सचिवालय बैठकको क्रममा ताप्लेजुङ पुगेका नेम्वाङलाई एक्कासी समस्या देखिएको हो । उनको सचिवालयका अनुसार, उच्च रक्तचापका कारण खाना खानेक्रममा समस्या देखिएको थियो ।

स्वास्थ्यकर्मीको निगरानीमा ताप्लेजुङमै रहेका उनलाई हेलिकोप्टरमा काठमाडौं ल्याउने तयारी भइरहेको छ । मेडिसिटी अस्पतालमा नेम्वाङको थप उपचार हुने सचिवालयले जनाएको छ । उनी पाँथचरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।