विराटनगर । एटीएम मेसिन फोडेर पैसा चोरी गरेको आरोपमा विराटनगरबाट एक जना युवा पक्राउ परेका छन् ।
प्रकाउ पर्नेमा विराटनगर–११ घर भई वडा नम्बर–९ गुद्री बजारमा डेरा गरी बस्ने ३० वर्षीय मुकेशकुमार कामत छन् । उनलाई विराटनगरको महेन्द्र चोकमा रहेको नबिल बैंकको एटिएम मेसिन फोड्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
कात्तिक ३० गते बिहानको करिब ३ बजेतिर उनले चाबी र सानो फलामको चक्कुले एटिएम मेसिन खोल्ने प्रयास गरेका थिए । उनको साथबाट प्रहरीले २ थान चाबी र सानो चक्कु बरामद गरेको छ ।