माओवादी केन्द्र विराटनगरको अध्यक्षमा नवीन पौडेल चयन

न्युजलय १८ मङ्सिर २०७८, शनिवार ०९:०३ मा प्रकाशित

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा नवीन पौडेल चयन भएका छन्। 

माओवादीको प्रथम अधिवेशनले पौडेलको नेतृत्वमा ९९ सदस्यीय महानगर कमिटी सर्वसम्मत गठन गरेको हो।

दिनेश राजवंशी, सावित्रा गौतम र डम्मरु भट्टराई निर्विरोध उपाध्यक्ष भएका छन्। सचिवमा नमिता न्यौपाने, सहसचिवमा केमुना ओडारी मैनाली र कोषाध्यक्षमा मोहम्मद प्रवेज आजाम चयन भए।