काठमाडौँ । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।
शनिबार देशभर सामान्य बदली रहनेछ। देशभर केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन प्रणाली नेपालभर फैलिएको छ। नेपालभर मनसुन फैलिन आगमनको दिन देखि यस वर्ष नौ दिनको समय लागेको छ ।