तमोरले धनकुटाको मूलघाटमा पार गर्‍यो खतराको तह

न्युजलय ३ असार २०८०, आइतबार ०५:५४ मा प्रकाशित

विराटनगर । तमोर नदीले धनकुटाको मूलघाटमा खतराको तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले नदीले खतराको तह पार गरेको जानकारी दिएको हो ।

नदीले खतराको तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा बासिन्दालाई सतर्क रहन भनिएको छ।

मनसुन भित्रिएको साता दिन नबित्दै पूर्वी पहाडी जिल्ला बाढीपहिरोको चपेटामा परेका छन्। ताप्लेजुङ, पाँचथर र संखुवासभामा २५ जना बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।