राष्ट्रपति पौडेल अस्पताल भर्ना

न्युजलय ३० जेठ २०८०, मङ्गलबार ०८:४१ मा प्रकाशित

काडमाडौं । मुटुमा समस्या भएपछि राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार(आज) बिहान अस्पताल भर्ना भएका छन्।

मुटुमा समस्या देखिएपछि उनलाई आज बिहान काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको हो ।

उनलाई बिहान ११ बजे भर्ना अस्पताल गरिएको सचिवालय स्रोतले जनाएको छ। यसअघि शनिबार पौडेलको गंगालालमै स्वास्थ्य परीक्षण गरिएको थियो।

पौडेललाई मंगलबार दिनभर अस्पतालमा राखेर स्वास्थ्य अवस्था परीक्षण गरिने भएको छ।