बुटवल । मृत व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम सृजना गरेको आरोपमा बुटवलमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कञ्चपुरका ३५ वर्षीय राजेन्द्र गोतामे रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
बुटवलको होली क्यालभरी चर्चका पास्टर गोतामेले ‘मृत्यु भएको भनिएको व्यक्तिलाई जीवित गराइएको’ भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुन्धान थालेको थियो ।
आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।