होटलमा महिला र पुरुष मृत फेला

न्युजलय ३१ साउन २०७९, मङ्गलबार ०४:५४ मा प्रकाशित

काठमाण्डौ । बुटवल स्थित एक होटलमा बास बसेका दुई जना मृत अवस्थामा फेला परेका छन् । 

बुटवलको फूलबारी चोकमा रहेको स्याङ्जा कारीकोटे होटलमा धादिङ घर भएका अन्दाजी ३५ वर्षका सिताराम भुजेल र दाङकी अन्दाजी ३३ वर्षकी पुष्पा बुढाथोकी मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

उनीहरू होटलको कोठा नं १३४ मा मृत अवस्था फेला परेका हुन् ।  बिहान कोठामा ढोका खोल्दा नखुलेपछि झ्यालबाट हेर्दा मृत अवस्था देखेर होटेल सञ्चालकले खबर गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएकोछ । 

महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरुष कोठाको पङ्खामा झुन्डिएको अवस्थामा फेला परेका थिए । महिलाको हत्या गरेर  पुरुषले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।  

दुवै जनाको शव पोस्टमार्टम लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।