आजदेखि सम्पूर्ण उडान सुचारु

न्युजलय ८ असार २०७९, बुधबार ०१:०० मा प्रकाशित

काठमाडौं । आज असार ८ गतेका लागि स्थगित गरिएको सम्पूर्ण उडानहरु सुचारु हुने भएका छन् ।


वायुसेवा संचालक संघ, नेपालले वार्तालाई निरन्तरता दिने निर्णय गर्दै उडान सुचारु गर्ने निर्णय गरेको हो ।

 

मंगलबार राति यो निर्णय गरिएको हो ।


बुद्ध एयरले मंगलबार राति नै बुधबार ११ बजेदेखि आफ्ना सम्पूर्ण उडानहरु सुचारु हुने फेसबुक पेजमार्फत जानकारी गराएको छ ।


यसअघि वायुसेवा संचालक संघ, नेपालले मंगलबार एउटा पत्रकार सम्मेलन आयोजना गर्दै पाँच बुँदे माग अघि सारेको थियो । संघले नेपाल नागरिक उड्डयन प्राधिकारणले केही दिनअघि गरेको हवाई जहाज सञ्चालन सम्बन्धि निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको थियो ।


यता, प्राधिकरणले पनि मंगलबार नै पत्रकार सम्मेलन गर्दै विमान कम्पनिहरुले कानूनी रुपमा नै उडान रोक्न नपाइने धारणा राखेको थियो ।