अभिनेत्री रेखा थापाले गरिन् बिहे

न्युजलय २ फाल्गुण २०७८, सोमबार ०६:२८ मा प्रकाशित

काठमाडौँ । अभिनेत्री रेखा थापाले बिहे गरेकी छन् ।

 

उनले केही समयअगाडि जाजरकोटका बलराम शाहीसँग बिहे गरेकी हुन् ।


लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले कोर्ट म्यारिज गरेका हुन् । उनीहरूले काठमाडौँ जिल्ला अदालतमा बिहे गरेका छन् ।


थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए ।