सिरहामा तेल ट्याङ्कर तोडफोडको आरोपमा जनमत पार्टीका १३ कार्यकर्ता पक्राउ

न्युजलय २० माघ २०७८, बिहिबार ०९:३१ मा प्रकाशित

जनकपुरधाम । सिरहामा सवारी साधन तोडफोड गरेको आरोपमा जनमत पार्टीका १३ जना नेता कार्यकर्ता परेका छन् । 

बिहिबार (आज) बिहानदेखि डा.सीके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी सवारी साधन तोफोड तथा ढुंगामुढा गरिरहेका छन् ।

सोही क्रममा १३ जनालाई पक्राउ गरिएको सिराहाका प्रहरीले जनाएको छ । उनीहरूले मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको तेल ट्याङ्करमा तोडफोड गरेका थिए । सिरहाको नरहा गाउँपालिका–३, नयाँ चोहर्वामा ट्याङ्करमा ढुंगामुढा गर्दा गाडीको अगाडिको सिसा फुटेको छ ।

तोडफोड गरेर भाग्ने क्रममा जनमतका कार्यकर्ता र प्रहरीबीच सामान्य झडप भएको थियो ।