रामचन्द्र पौडेलकी छोरी छतबाट खसेर गम्भीर घाइते

न्युजलय २४ जेठ २०७९, मङ्गलबार ०८:१८ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी घरको चारतला माथिबाट खसेर गम्भीर घाइते भएकी छिन् ।

सोमबार आफ्नै घरको चारतला माथिबाट खसेर घाइते भएकी संज्ञा पोखरेलको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

पोखरेलको अहिले ट्रमा सेन्टरमा सघन उपचार कक्षमा उपचार भइरहेको स्रोतले जनाएको छ । उनको दायाँ तर्फको खुट्टामा दुई ठाउँमा भाचिएको छ भने दायाँ हात पनि भाँचिएको छ । उनको कम्मरको हड्डी भाचिनुको साथै अनुहारमा पनि चोट लागेको छ।

छोरीको स्वास्थ्य अवस्था बुझ्न पौडेल मंगलबार ट्रमा सेन्टर पुगेका थिए ।