नेपालमा एकैदिन पाँच हजार जनामा देखिन थाल्यो कोरोना

न्युजलय २ माघ २०७८, आइतबार १२:२६ मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेको छ । विगत एक सातादेखि कोरोना संक्रमणको दर आकाशिएको छ । 

पछिल्लो २४ घण्टामा १४ हजार ५ सय ५६ परिक्षण गर्दा मुलुकभर थप ४६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै कूल संक्रमितको संख्या ८ लाख ४९ हजार २ सय ४ पुगेको छ।  

यसैगरी पछिल्लो २४ घण्टामा ४ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय १७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।