भारतमा एकैदिन थपिए १ लाख ८५ हजार कोरोना संक्रमित

न्युजलय २८ पुस २०७८, बुधबार ०७:४९ मा प्रकाशित

काठमाडौँ । भारतमा एकैदिन १ लाख ८५ हजार ११२ जना कोरोना संक्रमित थपिएका छन् ।


पछिल्लो २४ घण्टामा ४५ हजार १७७ जना कोरोनामुक्त भएका छन् भने १४६ जना संक्रमितको मृत्यु भएको छ ।


भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ६१ हजार २३५ पुगेको छ । भारतमा अहिले कोरोना संक्रमितको संख्या उच्च बिन्दूमा पुग्ने क्रममा रहेको छ ।


यूरोपमा संक्रमणदर सर्वाधिक बढेका बेला त्यसको प्रभाव छिमेकी मुलुक भारतमा पनि परेको हो ।