इटहरी । इटहरी उपमहानगरपालिकाले ६० वर्ष उमेर पूरा भएकी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई नगद र सम्मानसहित बिदाइ गरेको छ ।
इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले ६० वर्ष उमेर पूरा भएका २६ जना स्वयंसेविकालाई जनही नगद १ लाख सहित विदाई गरेका हुन् ।
स्वास्थ्य स्वयंसेविका कार्यक्रम लागू भएदेखि निरन्तर सेवारत उनीहरुलाई सेवा अवधिका आधारमा प्रोत्साहन रकम उपलब्ध गराएको मेयर पौडेलको भनाई छ ।
राष्ट्र निर्माणका लागि स्वस्थ्य जनशक्तिको आवश्यकता पर्छ,स्वस्थ्य जनशक्ति निर्माणमा उहाँहरुको भूमिका प्रशंसनीय रहेको मेयर पौडेलले बताए । इटहरीमा १ सय ३५ जना महिला स्वास्थ्य स्वयंसेविकाले सेवा प्रदान गरिरहेका छन् ।