काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस–एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने भएको छ। मंगलबार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकले नयाँ गठबन्धनमा सामेल नहुने निर्णय गरेको हो।
पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रास्वपाका सभापति रवि लामिछानेसहित ४ जना मन्त्री छन् ।
सोमबार राती कांग्रेस–एमालेबीच सरकार बनाउने सहमति भएपछि नयाँ परिस्थितिबारे छलफल गर्नका लागि रास्वपा बैठक बसेको थियो।