दाङ । दाङको तुलसीपुरमा विहीबार राती एक सुस्त मनस्स्थितीकी युवतिमाथि सामूहिक बलात्कार भएको छ । तुलसीपुर उपमहानगरपालिका ५ निवासी २५ वर्षीया युवतीमाथि तुलसीपुर ९ दोघरेस्थित निर्माणाधीन एउटा घरमा सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घटनामा संलग्न भएको आरोपमा तुलसीपुर ९ दोघरेका २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका छन् । अन्य दुई जना भने फरार छन् । युवाहरूले युवतीलाई बलात्कार गरेर बिहान ३ बजे छाडिदिएको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक शाहीले बताए ।
युवाको समूहले युवतीलाई फकाएर एकान्तमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। पीडित युवतीले घरमा गएर बताएपछि शुक्रबार मात्र घटनाको बारेमा जानकारी भएको थियो । युवतीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको शाहीले बताए ।