यसपटक ३६ लाख ५९ हजार २९९ मतदाता थपिए

न्युजलय १४ चैत २०७८, सोमबार ०१:१२ मा प्रकाशित

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा ३६ लाख ५९ हजार २९९ मतदाता थपिएका छन् ।


निर्वाचन आयोगकाअनुसार आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ७२३ मतदाता सहभागी हुन पाउने भएका छन् । 


२०७४ सालमा भएको निर्वाचनमा १ करोड ४० लाख ७४ हजार ४४० मतदाता थिए । यो निर्वाचनमा ३६ लाख बढी मतदाता थपिएका हुन् ।