थपिए २२९ जना कोरोना संक्रमित

न्युजलय ३१ असार २०७९, शुक्रबार १०:२४ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२९ जना कोरोना  संक्रमित थपिएका छन् । तीनहजार ७१८ वटा नमुना परीक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या एकहजार २८४ पुगेको छ ।

आज ८७ हजार ९७२ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।