यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय २१ फाल्गुण २०७८, शनिवार ०२:०६ मा प्रकाशित

काठमाडौँ । देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।


हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभए पनि देशका कतिपय भू-भागमा सामान्यतया मौसममा बदली भएको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ।

 

आज (शनिबार) देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।