इटहरी । इटहरीस्थित कस्तुरी कलेजका पुर्व विद्यार्थीहरुले दोस्रो अल्मुनाई मिट कार्यक्रम गरेका छन् । कलेजका पुर्व विद्यार्थीहरु भेला भएर कलेजका विगतका दिनहरु सम्झने कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा पुर्व विद्यार्थीहरुले आफ्ना कलेज अनुभवहरु सुनाएका थिए भने विभिन्न सांगीतिक कार्यक्रमहरुसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कलेजका अध्यक्ष रामचन्द्र अधिकारी, पुर्व प्राचार्य प्रेमप्रसाद न्यौपाने, प्रधानाध्यापक भूपेन्द्र न्यौपानेलगायतले पुर्व विद्यार्थीहरुको भेला कार्यक्रमलाई कलेजले विशेष प्राथमिकता दिएको र आगामी वर्षहरुमा पनि निरन्तरता दिइने बताए ।