जनमत पार्टीका कार्यकर्ताले जलाए राष्ट्रपतिको पुतला

न्युजलय ५ असोज २०७९, बुधबार ०४:५२ मा प्रकाशित

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेका छन् । बुधबार(आज) सिरहामा पुतला जलाइएको हो ।

नागरिकता विधेयक प्रमाणीकरण नगरिएको भन्दै विरोध प्रदर्शन र पुतला दहन गरिएको बताइएको छ । 

राउतले  फेसबुकमा ‘नागरिकता विधेयकसम्बन्धी राष्ट्रपतिको असंवैधानिक कदमको विरोधमा जनमत पार्टीद्वारा विरोध प्रदर्शन तथा राष्ट्रपतिको पुतला दहन,‘ लेखिएको छ ।