नेपालमा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण

न्युजलय १० माघ २०७८, सोमबार १०:०९ मा प्रकाशित

काठमाडौं । नेपालमा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण देखिएको छ। 

देशभरि २१ हजार २०१ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ८०५४ र एन्टिजेनबाट २२६५ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

त्यस्तै पछिल्लो २४ घन्टामा थप २५४० जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप चार जना संक्रमितको मृत्यु भएको छ।