त्रिभुवन विमानस्थलको सञ्चार प्रणालीमा खराबी देखिएपछि आज दिनभरको उडान प्रभावित हुने

न्युजलय १० चैत २०७८, बिहिबार ०२:०६ मा प्रकाशित

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार प्रणालीमा खराबी आएका कारण आज दिनभरका उडान प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ ।

 

सञ्चार प्रणालीको खराबीका कारण आन्तरिक तथा बाह्य उडान तालिका हेरफेर हुनसक्ने जनाइएको छ । उडानहरु निर्धारित समयभन्दा ढिलो हुनसक्ने बताइएको छ ।