पूर्वमन्त्री झाँक्री भन्छिन्ः मेयर बालेनलाई मेरो समर्थन

न्युजलय १० भदौ २०७९, शुक्रबार ०७:१६ मा प्रकाशित

काठमाडौं । नेतृ रामकुमारी झाँक्रीले आफ्नो समर्थन काठमाडौं महानगरका मेयर बालेन शाहलाई रहेको बताएकी छन्।

पूर्व सहरी विकास मन्त्रीसमेत रहेकी झाँक्रीले काठमाडौंमा नक्साबिनै निर्माण गरिएका संरचना हटाएपछि नदी किनारको अतिक्रमण हटाउन मेयरलाई सुझाब दिएकी छन्।

यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने। मैले बागमती करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको थिएँ, उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरी हटाउन सुरु गरिएकोमा आफ्नो कार्यकाल सकिएको बताएकी छन्। उनले मेयर बालेनसँग बसेर आफूहरूले केही योजनासमेत बनाएको बताएकी छन्।

‘मलाई जस्तो दलीय दबाब मेयर बालेन जीलाई हुँदैन। म बालेनसँग छु। इमानदार प्रयास सफल हुन्छन्,’ उनले लेखेकी छन् ।