झापा । झापामा ग्लोबल आइएमई बैंकका शाखा प्रबन्धक मृत फेला परेका छन्।
बैंकर पिताम्बर खड्का झापाको दमक नगरपालिका –८ स्थित आफ्नै घरको सिलिङमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
४२ वर्षीय खड्का ग्लोबल आइएमई बैंकको विराटनगर शाखामा शाखा प्रबन्धकको रूपमा कार्यरत थिए।
घटना हुनुभन्दा अगाडि उनले फेसबुकमा चार जनाको फोटो र नाम पोस्ट गर्दै उनीहरूकै कारणबाट आफूले कदम चाल्नुपरेको उल्लेख गरेका छन्।
उनले नाम उल्लेख गरेका मध्ये एक जना ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओ समेत रहेका छन्।
उनको शव पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।