विराटनगर । धरान–धनकुटा सडक खण्ड आइतबार दिउँसोबाट सुचारु भएको छ। साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा एकै स्थानमा शनिबार राति चारवटा सवारीसाधन दुर्घटना भएपछि अवरुद्ध सडक खुलेको हो ।
पाँचथरबाट विराटनगरतर्फ जाँदै गरेको प्रतिनिधि सभा सदस्य दीपक खड्का चढेको प्रदेश १ ०२ ००२ च ३५४५ नम्बरको गाडीसमेत दुर्घटनामा परेको थियो। विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २ ०३ ००१ क १५२१ नम्बरको टिपरले साँझ सवा ७ बजे सो गाडीलाई ठक्कर दिएको थियो।
सोही स्थानमा शनिबार दिउँसो भेडेटारबाट धनकुटा आउँदै गरेको एउटा टिपर दुर्घटनामा परेको थियो। उक्त टिपरमा साँझ अर्को टिपर ठोक्किएर दुर्घटनामा परेको थियो। त्यसपछि लगातार थप तेस्रो टिपरसमेत अघिल्ला दुर्घटनामा परेका टिपरमै ठोक्किएर दुर्घटनामा परेको हो। त्यसपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो।
क्रेनमार्फत दुर्घटनामा परेका टिपर हटाएर सडक खुलाइएको हो।