घट्यो सुनको मूल्य

न्युजलय २७ बैशाख २०८३, आइतबार ११:०८ मा प्रकाशित

काठमाडौं । आइतबार सुनको मूल्य एक हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन प्रति तोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आइतबार चाँदीको मूल्य बढेर प्रतितोला ५ हजार ३ सय रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदी प्रतितोला ५ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।