राज्यमन्त्री वली जब प्रेमी खोज्न अचानक अर्काको घरभित्र पसिन्...

न्युजलय ३१ जेठ २०७९, मङ्गलबार ०६:४२ मा प्रकाशित

काठमाण्डौ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले महिला र बालिका कुटपिट गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ  ।

मंगलबार (आज) बिहान घरभित्रै पसेर एक महिला र उनकी छोरीलाई कुटपिट गरेपछि राज्यमन्त्री वलीलाई प्रहरीे नियन्त्रणमा लिएको हो ।  

दाङको तलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर मन्त्री वलीले श्रीमती मीना र उनकी छोरीमाथि हातपात गरेकी थिइन् । घरभित्रै घुसेर मीना र उनकी छोरीमाथि हातपात गरेपछि आफन्तले प्रहरी बोलाएका थिए । 

प्रहरी घटनास्थल पुग्दासम्म स्थानीयले वलीलाई बस्नेतको घरमै थुनेर राखेका थिए । अहिले राज्यमन्त्री वलीलाई तुलसीपुर प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उनी लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर त्यहाँ पुगेकी थिइन् । उनी घरमा एकराज भने भेटिएनन् । 

घटनाको विषयमा एकराजकी श्रीमती मीनाले भनिन्, ‘बिहानै गेटमा आएर हल्लाउँदै गेट खोल् भन्दै चिच्याइन्, मैले ढोका खोले । भित्र आउनासाथ मेरो एकराज खोइ भन्दै कोठाको पर्दाहरू तानेर फालिदिई । मैले किनिदिएको लुगा हो भन्दै मिल्काइदिई, मेरो लुगा पनि च्यातिदिई । अर्को कोठामा गएर स्कुल जान तयार भएकी मेरी छोरीलाई पनि हानिछे ।’