काठमाडौंमै कल सेन्टर राखेर ठगी गरेको आश‌ंकामा स्काइ वर्ल्डमा प्रहरीको छापा

न्युजलय ९ साउन २०७९, सोमबार ०८:५१ मा प्रकाशित

काठमाडौं । तीनकुने गैह्रीगाउँस्थित स्काइ वर्ल्ड कल सेन्टरमा प्रहरीले छापा मारेको छ। अवैध गतिविधि गरेको आश‌ंकामा छापा मारिएको प्रहरीले जनाएको छ।

दुई हजारभन्दा बढी कर्मचारी कार्यरत कल सेन्टरमा प्रहरीले छापा मारेको हो। प्रहरीले छापा मारेपछि त्यहाँ कार्यरत कर्मचारी बाहिरिएका थिए।

व्यवस्थापन पक्षसँग प्रहरीले अहिले सोधपुछ गरिरहेको जनाएको छ। कल सेन्टरले भारतीय नागरिकलाई ऋण दिँदै आएको र पैसा असुल्दै आएको बुझिएको छ।

आइतबार पनि ह्वाट्सएपबाट ठगी गर्ने गरी कल सेन्टर सञ्चालन गरेका ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो।