यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय २३ बैशाख २०७९, शुक्रबार ०२:३५ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार बिहानै वर्षा भएको छ। नेपालमा अहिले स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बङ्गालको समथर भूभागमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।


जसले गर्दा काठमाडौंमा बिहानै वर्षा भएको मौसमविद् हिरा भट्टराईले बताइन्। उनले आज दिउँसो काठमाडौंसहित गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको बताएकी छन्।


यसका साथै दिउँसो पनि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको उनले बताइन्।


उनका अनुसार आज राति पनि वाग्मती, गण्डकी र प्रदेश १ का पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने छ।