२०७९ साउन ०३ गते मंगलबारको राशिफल

न्युजलय ३ साउन २०७९, मङ्गलबार ०७:२८ मा प्रकाशित

मेष । आज शुभकार्यको चर्चा चल्नेछ । मान्यजनसँग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ ।

 

वृष । आज दबाब र तनाव बढेको महसुस हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । प्रेमी प्रेमिकाका बिच खिन्नता पनि बढ्न सक्छ ।

 

मिथुन । आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

 

कर्कट । बौद्धिकताको विकास हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

 

सिंह । आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

 

कन्या । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

 

तुला । आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

 

वृश्चिक । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ ।

 

धनु । कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।


मकर । आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आउन सक्छ ।

  

कुम्भ । आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।

 

मीन । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानी हुनसक्छ । मानसम्मान प्राप्त हुने सम्भावना छ । शैक्षिक क्षेत्रबाट पनि राम्रो नै हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । (