काठमाण्डौ । युक्रेनबाट उद्धार गरिएका चार जना नेपाली काठमाडौं आइपुगेका छन्।
उनीहरू शनिबार(आज) काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन्। उनीहरूलाई भारतीय नागरिकसँगै भारत सरकारले युक्रेनबाट उद्धार गरेको हो।
भारतले युक्रेनमा रहेका आफ्ना नागरिकलाई ‘अपरेशन गंगा’ नाम दिएर उद्धार गरिरहेको छ। भारतीय नागरिकसँगै चार जना नेपालीको पनि उद्धार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।