पाकिस्तानमा भूकम्पको धक्का

न्युजलय १५ कार्तिक २०७९, मङ्गलबार ०१:०४ मा प्रकाशित

काठमाडौं । पाकिस्तानको इस्लामावादबाट ३०३ किलोमिटर उत्तर पश्चिममा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)का अनुसार ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो ।


भूकम्पको गहिराइ १२ किलोमिटर रहेको छ । भूकम्बाट कुनै भौतिक तथा मानवीय क्षति भएको विवरण सार्वजनिक भइसकेको छैन।