मेयर बालेन पनि भारत भ्रमणमा

न्युजलय १९ जेठ २०८०, शुक्रबार ०७:१० मा प्रकाशित

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) पनि भारत प्रस्थान गरेका छन्। 

बालेन (हिजो) बिहीबार भारत प्रस्थान गरेको बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि हाल भारतमै छन्।

शाह कामाको शिलशिलामा भारत गएको विज्ञप्तिमा उल्लेख गरेको छ । बालेनले भारत भ्रमणमा गएपछि महानगर प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डंगोललाई दिएका छन्।