कोशीमा मुख्यमन्त्रीका लागि दाबी गर्न प्रदेश प्रमुखको आह्वान

न्युजलय १२ साउन २०८०, शुक्रबार ०८:०६ मा प्रकाशित

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन्।

सर्वोच्च अदालतको आदेश अनुसार प्रदेश प्रमुख खापुङले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका हुन्। उनले साउन १६ गते सम्म दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेश गर्न आह्वान गरेका हुन्। यस उपधारामा प्रदेश सभामा कुनै पनि दलको बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न सकिने व्यवस्था छ।