फिलिपिन्समा आँधीमा परी कम्तिमा ३७५ जनाको मृत्यु

न्युजलय ६ पुस २०७८, मङ्गलबार ०१:१९ मा प्रकाशित

काठमाण्डौ ।  फिलिपिन्समा आएको भयानक आँधीमा परी हालसम्म ३७५ जनाको मृत्यु भएको छ । 

लगभग १९५ किलोमीटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण फिलिपिन्सको दक्षिणपूर्वी क्षेत्रका ४ लाखभन्दा बढी जनता प्रभावित भएका छन् । 

स्थानीय प्रहरीका अनुसार आँधीका कारण कम्तिमा पनि ५ सय मानिस घाइते भएका छन् भने ५६ जना हाल वेपत्ता रहेका छन् । 

धेरै स्थानमा सञ्चार विच्छेद भएका कारण क्षतिको विवरण अझै आउन बाँकी रहेको जनाइएको छ । आँधीपछि आएको पहिरो र बाढीले पनि ठूलो जनधनको क्षति गरेको अनुमान गरिएको छ ।